• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

भारतका चार राज्यमा विधानसभाको मतगणना सुरु



भारतीय राज्य मध्यप्रदेशमा राज्य विधानसभाको मतगणनाको तयारी, २०२३ । (तस्वीरः एएनअाइ)

भारतका चार राज्यमा विधानसभाका लागि भएको निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ ।

आगामी वर्ष सन् २०२४ मा लोकसभाका लागि आमनिर्वाचन हुनुअघि सम्पन्न चार राज्यको विधानसभाको निर्वाचनले प्रधानमन्त्री मोदीको अग्निपरीक्षा लिने बताइएको छ ।

निर्वाचन पछि गरिएका सबैजसो मतसर्वेक्षणले चारै राज्यमा सत्तारुढ भारतीय जनता पार्टीलाई भारतीय राष्ट्रिय कङ्ग्रेस पार्टीले कडा टक्कर दिने देखाएका छन् ।

भारतीय राज्यहरु मध्यप्रदेश, राजस्थान, छत्तीसगढ र तेलङ्गानामा राज्य विधानसभाका लागि चरणबद्ध निर्वाचन भएको थियो ।

चुनावी मतसर्वेक्षणले मध्यप्रदेश बाहेक राजस्थान, छत्तीसगढ र तेलङ्गानामा भाजपा हारको अवस्थामा छ भने मध्यप्रदेशमा पनि भाजपा कमजोर अवस्थामा रहेको देखाइएको छ ।

यी चारै राज्यमा विद्युतीय मतदान भएकाले आजै मतपरिणाम प्राप्त भइसक्ने अनुमान भारतीय सञ्चार माध्यमहरुले गरिरहेका छन् ।