• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ

आगामी चुनावमा कांग्रेस एक्लै लड्न अहिलेबाट तयारी थालौँ : डा शेखर कोइराला



file photo

बुटवल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आमचुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा

नेता कोईरालाले आगामी निर्वाचनका लागि अहिलेबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । उहाँले नेपाली कांग्रेस एक्लै चुनाव लड्न एक ढिक्का हुनुपर्नेमा जोड दिंनुभयो ।

उहाँले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने पनि बताउनुभयो । नेता कोइरालाले कांग्रेस परिवर्तन भए मात्र देश परिवर्तन हुने बताउँदै कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा भ्रष्टाचार र दण्डहिनता बढेको बढ्यै अवस्था रहेको भन्दै नेता कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन सके मात्रै रोजगारी सृजना हुने र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै युवा पलायन रोकेर स्वदेशमै कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।