५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी चुनावमा कांग्रेस एक्लै लड्न अहिलेबाट तयारी थालौँ : डा शेखर कोइराला



file photo
अ+ अ-

बुटवल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आमचुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा

नेता कोईरालाले आगामी निर्वाचनका लागि अहिलेबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । उहाँले नेपाली कांग्रेस एक्लै चुनाव लड्न एक ढिक्का हुनुपर्नेमा जोड दिंनुभयो ।

उहाँले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने पनि बताउनुभयो । नेता कोइरालाले कांग्रेस परिवर्तन भए मात्र देश परिवर्तन हुने बताउँदै कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा भ्रष्टाचार र दण्डहिनता बढेको बढ्यै अवस्था रहेको भन्दै नेता कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन सके मात्रै रोजगारी सृजना हुने र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै युवा पलायन रोकेर स्वदेशमै कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।