१० भाद्र २०८३, बुधबार
,
Latest
राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर कपुरको फिल्म ‘एनिमल’ रिलिजको पहिलो दिनमै अनलाइनमा लिक



अ+ अ-

एजेन्सी । रणवीर कपूरको फिल्म एनिमलले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । बक्स अफिसमा यसको फाइदा निर्माताहरुले देखिरहेका छन् । एकातिर फिल्मले पहिलो दिनमै कमाईको रेकर्ड तोडेको छ ।

अर्कोतर्फ, एनिमल रिलिज भएको २४ घण्टाभित्रै अनलाइनमा लिक भएको छ । एनिमलको अनलाइन लीकले सन्दीप रेड्डी वांगा निर्देशित फिल्मको व्यापारलाई ठूलो धक्का पुर्‍याउन सक्छ ।

मिडिया रिपोर्टका अनुसार रणवीर कपूरको बहुचर्चित फिल्म एनिमल टेलिग्रामलगायत टोरेन्ट साइटहरूमा लीक भएको छ । फिल्मका धेरै क्लिपहरू सोसल मिडिया प्लेटफर्ममा पनि सेयर भइरहेका छन् ।

यस्तो अवस्थामा एनिमलको व्यवसायमा ठूलो असर पर्न सक्छ । यो पनि भनिएको छ कि एनिमल मात्र होइन, विक्की कौशलको साम बहादुर पनि रिलिजको पहिलो दिनमै अनलाइन लिक भएको छ । यद्यपी दुबै फिल्म लीक भएको खबरमा निर्माण पक्षबाट कुनै आधिकारिक पुष्टि वा बयान आएको छैन ।