३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः च्यासल र पुलिसको खेल फेरि सर्‍यो



file
अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौँ चरणमा बाँकी रहेको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल फेरि स्‍थगित भएको छ। 

यी दुई टिमबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पुष्टि भएसँगै खेल स्थगित भएको थियो।

स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने गरी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले मिति नै तोकेको थियो। यद्यपि भोलि पनि खेल नहुने भएको हो।

एन्फाले मैदानको अवस्था खराब रहेको कारण देखाउँदै खेल बुधवार दिउँसो १ बजेबाट शुरु हुने जनाएको छ।