२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः च्यासल र पुलिसको खेल फेरि सर्‍यो



file
अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौँ चरणमा बाँकी रहेको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल फेरि स्‍थगित भएको छ। 

यी दुई टिमबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पुष्टि भएसँगै खेल स्थगित भएको थियो।

स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने गरी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले मिति नै तोकेको थियो। यद्यपि भोलि पनि खेल नहुने भएको हो।

एन्फाले मैदानको अवस्था खराब रहेको कारण देखाउँदै खेल बुधवार दिउँसो १ बजेबाट शुरु हुने जनाएको छ।