२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित ५ देशले कति गरे सहयोग



अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलनले बिहीवार विश्वका विशेष गरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने नोक्शानी र क्षतिसँग जुध्न सहयोग गर्न कोष सञ्चालनमा ल्याएको हो ।

नोक्शान र क्षति कोषमा यो निर्णायक कार्यले दुबई, संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप २८) को सम्मेलनको २८ औं सत्रको पहिलो दिन सहयोग गर्ने प्रतिवद्धता जनइएको हो । युएईको नेतृत्वमा धेरै देशहरूले कोषमा आफ्नो आर्थिक प्रतिवद्धता जनाएका छन् ।

जसमा युएईले १० करोड अमेरिकी डलर, जर्मनीले सय मिलियन डलर, बेलायतले ४ करोड पाउण्ड (लगभग ५०.६ मिलियन डलर) र अन्य व्यवस्थाका लागि २ करोड पाउण्ड सहयोग गरेको छ । जापानले १० मिलियन डलर र संयुक्त राज्य अमेरिका, १७.५ मिलियन डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।