२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरिएको काँठ क्षेत्रको परिवर्तित जीवनशैली -फोटोफिचर



बुंगमतीमा परम्परागत ढंगले डोको बोकेर खेतबाट घर फर्कदै । नेवारी समुदायले परम्परागत भेषभुसा परिवर्तन भएको पाइन्छ ।
अ+ अ-

शहरबजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही शहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो । सामान्य बोलिचालीको भाषामा काँठ भनेको शहर पनि होइन र गाउँ पनि । काठमाडौं उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामिण क्षेत्रलाई काँठ भनिन्छ ।

यसो हेर्दा शहरिया जनजीवनजस्तो तर ग्रामिण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौंदेखि आफ्नै प्रकारले चल्दै आएको छ । हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो । काँठको जनजीवनमा आत्मियता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौं उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरु शहर भन्ने गर्दथे । आफ्नो घरगाउँबाट काठमाडौंको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरु शहर जाने भन्ने सम्बोधन गर्दथे । काँठका मानिसहरु उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा शहरप्रति निर्भर थिए । काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो । तर अहिले बिस्तारै काँठ क्षेत्र काँठको रुपमा रहन सकिरहेको छैन । यो कायापलट भएको केही समय मात्र भयो ।

काँठ अब काँठजस्तो रहेन । समयको आरोहअवरोहबाट काँठ अछुतो रहन सकेन । समयका कारण काँठलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक परिवर्तमा समाहित हुन बाध्य बनायो । करिव एक दशकको अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ । काठँको हरियाली लगभग सकिएको छ ।

काँठको जग्गा खरिद–बिक्री यसरी बढेको छ कि, जग्गा होइन त्यहाँ कुनै अमूल्य चिजको खरिद–बिक्री भइरहेको छ । आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ । वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदुषित बनेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले तयार पारेको फेरिएको काँठ क्षेत्रको परिवर्तित जीवनशैलीबारेका केही तस्बिरहरु ।

ललितपुरको फर्सीडोल र काठमाडौं फपिङ जोड्ने सडक । काँठ क्षेत्रमा कच्ची सडक मनग्गे बनेका छन् । स्तरोन्नती हुन सकेको छैन ।
काठमाडौं दक्षिणकाली १ को परम्परागत बस्तीमा बनाइएको आधुनिक घर ।
डुकुछापमा टनेलखेती । काँठमा पछिल्लो समय परम्परागत खेती प्रणाली छोडेर टनेलमा खेती भइरहेको छ ।
भक्तपुरको घ्यापेडाँडामा लबनाइएको बहुतले घर । काँठका पहाड र भिरालो ठाँउमा ढलान गरेर बहुचले घर निर्माण हुने क्रम बढेको छ ।
ललितपुरको झरुवाराशीका ईटा भट्टा । काँठ क्षेत्रमा सञ्चालित भट्टाका कारण प्रदुषण बढ्दो छ ।
काठमाडौंको बोसनडाँडामा आधुनिक घर र बाँजो बारी । काँठका बस्तीमा किसानले बाँजो खेत र बारी राखेको धेरै भेट्न सकिन्छ ।
काठमाडौ दक्षिणकाली नगरको बोसनडाँडा । पछिल्लो समय काँठ पाखा भित्तामा बाटो पु¥याइएको छ । होटल रिर्सोट खुलेक छन् ।
ललितपुरको लामाटार भक्तपुरको गुण्डुलगायतको फाँट । शहरका फाँट बस्तीले भरिने अवस्थामा आएको छ ।
ललितपुरको कोटडाँडाको पाखोमा जग्गा प्लटिङ । घरजग्गा किनबेच बढ्दै गएपछि भित्ता पाखोका जग्गा बिक्रि भएको छ ।
टौदह नजिकैको एक बस्ती । काँठका खाली जमिनमा यस्ता प्लटिङ पैशस्तै भेटिन्छन् ।