२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को तेस्रो दिन आज यात्रा टोली अछाम जाने



अ+ अ-

दिपायल । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट(चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को तेस्रो दिन आज यात्रा टोली अछाम जादै छ ।

शुक्रबार डोटीको सिलगढीमा बास बसेको टोली सिलगढीबाट अछामतर्फ लाग्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ । बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मङ्गलसेनमा हुने प्रमुख गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौखुट्टे,साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा,पार्टी कार्यकर्ताहरूसँग भेटघाट हुनेछ । दिउँसो मङ्गलसेनमा आमसभाको तयारी रहेको छ ।

टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ । शुक्रवार टोलीले ७० किलोमिटर यात्रा गरेको थियो । मध्यपहाडको विकास र समृद्धिका लागि एमालेले मध्यपहाडी राजमार्गका २६ वटा जिल्लामा झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका सङ्कल्प यात्रा गरेको हो ।