• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

एनएसएल प्रतियोगिता: सुपर लिगमा चितवनको पहिलो जित



काठमाडौँ । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे । त्यस्तै वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा विमलले गोल गर्दै चितवनलाई पहिलो अग्रता दिलाए ।

खेलको ५५औँ मिनेटमा वीरगञ्जका आइकिन्सले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६८ओँ मिनेटमा चितवनले खेलमा पुन: अग्रता लियो । चितवनका टोरिकले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

यससँगै चितवनले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित चार अङ्क जोडेको छ । वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ ।

उक्त प्रतियोगितामा भोलि दुई खेल हुँदैछन् । जसमा पहिलो खेल १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् । त्यस्तै दोस्रो खेल साँझ ५:३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् । रासस