२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीले दलितलाई जबरजस्ती फसाउँछः दलित आयोग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबरजस्ती फसाउने गरेको आरोप लगाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले दलितहरुलाई फसाउने काम नगर्न भनेर आफूले पटकपटक प्रहरी नेतृत्वलाई भन्ने गरेको गुनासो पनि गर्नुभयो । अध्यक्ष विश्वशर्माले दलित समुदायले कानून नजानेर फस्ने गरेको भन्ने नेपाल प्रहरीको भनाईमा सत्यता नरहेको जिकिर समेत गर्नुभयो । उहाँले दलितहरुलाई फसाउने काम हुन नदिन आयोगले नेपाल प्रहरीसँग मिलेर काम गर्ने योजना बनाएको बताउनु भयो ।

अध्यक्ष विश्वकर्माले भन्नुभयो, ‘नेपाल प्रहरीले दलितहरुलाई जबरजस्ती फसाईराखेको छ । मैले नेपाल प्रहरीको आइजीपीलाई पनि यो कुरा भनेको छु–मिलेर यो कुरा बुझाउ । उहाँले पनि आयोग र हामी मिलेर यो कुरा बुझाउ भन्नुभएको छ । त्यो काम गर्न हामी प्रयत्नशील छौं । अघि बढाइएको छ । त्यो चाहीँ सत्य होइन कि कानूनको अनविज्ञ भएर पनि दलित समुदाय जेलमा धेरै भएका होइनन् । उनीहरुलाई फसाइएको हो ।’

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक शारदा थापाले कानूनको जानकारी नभएका कारण पनि दलित समुदाय मुद्दा मामिलामा फस्ने गरेको दाबी गर्नुभयो ।