२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था,हिन्दुराष्ट्र र संघीयता नचाहाने बिच मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन गरौ: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था,हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन आवश्यक रहेको बताउनु भएको छ ।

राप्रपा नेपाल काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य आजको प्रमुख आबश्यकता हो ।’

उहाँले अहिलेकै ब्यबस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने हुदाँ देश बचाउन र बनाउन राजसंस्था,हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन जरुरी रहेको जनाउनु भयो ।

थापाले भन्नुभयो ‘संबैधानिक अङ्ग,न्यायालय,प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्बसत्ताबाद लाद्ने दुष्प्रयास हुदैछ,त्यसको प्रतिबाद गरौ।’