४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था,हिन्दुराष्ट्र र संघीयता नचाहाने बिच मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन गरौ: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था,हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन आवश्यक रहेको बताउनु भएको छ ।

राप्रपा नेपाल काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य आजको प्रमुख आबश्यकता हो ।’

उहाँले अहिलेकै ब्यबस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने हुदाँ देश बचाउन र बनाउन राजसंस्था,हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन जरुरी रहेको जनाउनु भयो ।

थापाले भन्नुभयो ‘संबैधानिक अङ्ग,न्यायालय,प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्बसत्ताबाद लाद्ने दुष्प्रयास हुदैछ,त्यसको प्रतिबाद गरौ।’