• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

राहुल द्रविडले मुख्य प्रशिक्षकको सम्झौताबारे भने – मैले अहिलेसम्म हस्ताक्षर गरेको छैन



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार नोभेम्बर २९ मा मुख्य प्रशिक्षक राहुल द्रविडसहित सहायक स्टाफको सम्झौता लम्बिएको घोषणा गरेको थियो ।

अर्थात् राहुल द्रविड भारतीय टोलीको मुख्य प्रशिक्षक रहनेछन्, तर द्रविडले भने यसबारे चकित पार्ने खुलासा गरेका छन् ।

बीसीसीआईले बिहीबार विश्वकप र सम्झौता पुनरावलोकन बैठक आयोजना गरेको थियो । यस भेटपछि राहुल द्रविडले आफूले बीसीसीआईसँग सम्झौता नगरेको बताए । यद्यपि, कार्यकालका बारेमा छलफल भएको बताउँदै कागजातहरू प्राप्त गरेपछि आफूले हस्ताक्षर गर्ने जनाएका थिए ।

राहुल द्रविडको कार्यकाल आईसीसी विश्वकप २०२३ पछि समाप्त भएको छ । बीसीसीआईले द्रविडमाथि विश्वास व्यक्त गर्दै उनलाई टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता राख्ने सहमति जनाएको छ । साथै, बीसीसीआईले राहुल द्रविडसँग सार्थक छलफल गरेको थियो र छलफलपछि, मुख्य प्रशिक्षकको रूपमा राहुल द्रविडको सम्झौता लम्ब्याउने सर्वसम्मतिले सहमति भएको थियो ।

राहुल नोभेम्बर २०२१ मा टीम इन्डियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । द्रविडको दुई वर्षको कार्यकालमा टीम इन्डिया एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा अस्ट्रेलियासँगको हार बाहेक, भारतले विश्वकपमा आफ्ना सबै खेल जितेको थियो । योसँगै विश्वकप अघि भारतले एसिया कप जितेको थियो । गत वर्ष अष्ट्रेलियामा भएको टी–२० विश्वकपमा भारतले सेमिफाइनल खेलेको थियो ।

यस बाहेक भारतले अष्ट्रेलिया, श्रीलंका र न्युजिल्याण्डविरुद्धको घरेलु टेष्ट सिरिज र बंगलादेशमा सिरिज जितेको थियो । साथै, भारतले वेस्ट इन्डिज, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र श्रीलंका विरुद्धको घरेलु टी–२० सिरिज जित्न सफल भएको थियो ।

तर, दक्षिण अफ्रिका भ्रमणमा टेष्ट र एकदिवसीय सिरिजमा पराजय बेहोरेको थियो । यसबाहेक इंग्ल्याण्डमा भएको पाँचौं टेस्टमा पनि भारत पराजित भएको थियो ।