• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

इजरायल र हमासबिच पुन: युद्ध सुरु



Israeli troops gather with their military vehicles on the border with the Gaza Strip on November 30, 2023, on the 7th day of a truce in battles between Israel and Hamas militants. Israel and Hamas have agreed to extend by one more day a truce under which hostages are exchanged for Palestinian prisoners and aid flows into the war-devastated Gaza Strip. (Photo by GIL COHEN-MAGEN / AFP)

एजेन्सी। गाजा क्षेत्रमा पुन: हमास र इजरायलबिच युद्ध सुरु भएको छ ।

हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले दक्षिणी गाजा, खान युनिस र रफाह क्षेत्रमा आक्रमण भएको बताइएको हो ।

युद्धविरामको म्याद सकिएको केही मिनेटपछि उत्तरपश्चिम गाजामा इजरायली सैन्य गाडीहरूले गोली चलाएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायल तर्फ फायरिङ गरेर युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै हमास विरुद्ध लडाई कारबाही पुन: सुरु गरेको सिएनएनले बताएको छ । शुक्रबार हमास र इजरायलबिच युद्धविराम सम्झौताको सातौँ दिन थियो ।

अमेरिका, कतार र इजिप्टले युद्धविराम लम्ब्याउन पहल गरे पनि सफल हुन सकेन । युद्धविरामको अवधि समाप्त हुनु केही अघिमात्र इजरायलले गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेट आफ्नो सुरक्षा निकायले विफल तुल्याएको दाबी गरेको थियो ।