१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा इजिप्टसँगको गाजा सीमामा सहज नियन्त्रणको माग

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा इजिप्टसँगको गाजा सीमामा सहज नियन्त्रणको माग
Israeli Prime Minister Benjamin Netanyahu gestures in front of a map during a press conference at the Government Press office in Jerusalem, Wednesday, Sept. 4, 2024. (Abir Sultan/Pool via AP)
अ अ+ अ-

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टसँगको गाजा सिमानामा इजरायलले सहज नियन्त्रण राख्न पाउनुपर्ने बताउनुभएको छ । उहाँको यस्तो मागले युद्धविराम प्रयासलाई अवरोध पार्ने खतरा उत्पन्न गरेको छ ।

युद्धको अन्त्य गर्ने आशामा अमेरिकाले युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ प्रस्ताव विकास गरिरहेको बेला नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।

फिलाडेल्फी कोरिडोरमा इजरायली नियन्त्रणको प्रश्नले मे महिनामा सेनाले कब्जा गरेको गाजा सिमानामा रहेको जमिनको साँघुरो पट्टी वार्तामा बाधा बनेको छ । हमासले धेरै चरणको युद्धविराम सम्झौतामा गाजाबाट इजरायली सैनीकको पूर्ण फिर्ताको माग गरेको छ ।

इजिप्ट, अमेरिका र कतारसहितका वार्ताका मध्यस्थकर्ताले इजरायली सेनालाई उक्त कोरिडोर छोड्न ठोस समयसीमा माग गरेका छन् । सन् २०२० को अब्राहम सम्झौतामा इजरायलसँग औपचारिक सम्बन्ध स्थापित गरेको संयुक्त अरब इमिरेट्सले पनि इजरायली स्थितिको बुधवार आलोचना गर्यो ।

विदेशी पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुले गाजामा हतियार तस्करी गरेर हमासलाई पुन:शस्त्रीकरण गर्नबाट रोक्न इजरायलले सीमामा नियन्त्रण कायम राख्नुपर्ने धारणा दोहोरÞ्याउनुभयो । हामासले गत अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमण दोहोरÞ्याउन नपरोस् भन्ने सुनिश्चित गर्न यो युद्ध लक्ष्यको महत्त्वपूर्ण हिस्सा भएको उहाँले बताउनुभयो ।

“गाजालाई निशस्त्रीकरण गर्नुपर्छ र यो फिलाडेल्फी कोरिडोर नियन्त्रणमा रहे मात्र सम्भव हुनसक्छ”, इजरायली सेनाले सीमामा दर्जनौँ सुरङ फेला पारेको दाबी गर्दै भन्नुभयो ।

उहाँले इजरायलले कोरिडोरबाट हट्नुअघि प्रहरीलाई वैकल्पिक बलका साथ प्रस्तुत गरिने बताउनुभयो ।

गत साता हमासले छ जना बन्धकको हत्या गरेपछि बाँकी बन्धकका परिवारले हमाससँग सम्झौतमा सहमत हुने मागलाई तीव्र बनाएका छन् । इजरायली सेना बाँकी बन्धकलाई बचाउन अगाडि बढिरहेको छ ।

सार्वजनिक बयानमा बन्धकका परिवारले नेतान्याहुलाई सम्झौता अवरुद्ध गरेको तथा सीमा पट्टी कब्जा गर्न बन्धकहरूको जीवन बलिदान गरेको आरोप लगाएका छन् ।

हालका दिनहरूमा हजारौँ इजरायली बन्धकलाई जीवित घर ल्याउन समय समाप्त भएको भन्दै सम्झौताको आह्वानका साथ सडकमा उत्रिएका छन् ।

पत्रकारहरूद्वारा युद्ध अन्त्य गर्ने समयसीमाबारे सोधिएको प्रश्नमा नेतान्याहुले जवाफ दिन अस्वीकार गर्नुभयो । “विजय प्राप्त नगर्दासम्म यस्तो गर्न सक्छौँ, मलाई के लागेको छ भने हामी धेरै नजिक आएका छौँ”, उहाँले भन्नुभयो ।

नेतान्याहुले बारम्बार सीमा कब्जा गर्नाले हमासलाई बन्धकहरू मुक्त गर्न दबाब दिने कुरामा जोड दिनुभयो । उहाँले मे महिनाको रफाह आक्रमणले हमासलाई बन्धकको पहिलो रिहाइ गर्न बाध्य पारेको दाबी गर्दै आक्रमणको परिणाम तिनीहरूमा लगाएको सैन्य दबाब भएको बताउनुभयो ।

प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले बिहीबार इजरायली ड्रोन हमलामा पश्चिम किनारमा पाँच जनाको मृत्यु हुनुका साथै एकजना घाइते भएको बताएको छ ।

इजरायली सेनाले विज्ञप्तिमार्फत ‘सशस्त्र आतङ्कारीमाथि तीनवटा लक्षित आक्रमण गर्दा सैनिकलाई खतरा उत्पन्न गरेको’ जनाएको छ ।

पछिल्लो एक साताभन्दा बढी समयदेखि सयौँ इजरायली सेनाले इजरायल–हमास युद्ध सुरु भएदेखि कब्जा गरिएको पश्चिम किनारमा सबैभन्दा घातक अपरेसन गरिरहेको छ ।