• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो ★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै



भादगाउँ ।एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।

चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित ‘सुरुवात सामुदायिक उपचार तथा पुन: स्थापना केन्द्र’ले नेपालका २२ जिल्लाका एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो । क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान) को सहयोगमा अध्ययन हुन लागेको केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

केन्द्रले सातवटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे आगामी सातादेखि अनुसन्धान गर्ने भएको छ । देशका एचआइभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन नभएको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले बताउनुभयो । सात प्रदेशका हिमाल, पहाड, तराई क्षेत्रमा अनुसन्धान गर्नेछ ।

अनुसन्धानपछि सङ्क्रमित महिला तथा युवतीका लागि उपचार तथा पुन: स्थापनाका कार्यक्रम अघि बढाउने उहाँले बताउनुभयो । एचआइभी एड्स सङ्क्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मा सूचीकृत महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको दिदियाले बताउनुभयो । अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्यान्डमा एकै पटक सुरु हुन लागेको हो । रासस