• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

डडेल्धुरामा रहँदा ओलीले फोन गर्दै सम्झिए देउवालाई



काठमाडौँ । नेकपा एमालेले बिहीबारदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आरम्भ गरेको छ ।

यस सङ्कल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा रहँदा सभापति देउवालाई सम्झिँदै फोन गरेका छन् ।

अध्यक्ष ओलीले सभापति देउवा आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भनेको जनाउँदै खुसी व्यक्त गरेका छन् ।

ओलीले फोनमा भन्छन् – ‘ जय नेपाल ! गन्यापधुराबाट फोन गरेको । डडेल्धुरा बजारभन्दा अलि तलतिर बसेका छौँ । राम्रो छ यतातिर, अनि तपाईको जिल्लातिर आएको बेला यसो सम्झिएको नि ! थ्यांक यु । अनि त्यतातिर सबै राम्रो छ नि ?’

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा बिहीबार बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका थिए ।