२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा रहँदा ओलीले फोन गर्दै सम्झिए देउवालाई



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले बिहीबारदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आरम्भ गरेको छ ।

यस सङ्कल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा रहँदा सभापति देउवालाई सम्झिँदै फोन गरेका छन् ।

अध्यक्ष ओलीले सभापति देउवा आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भनेको जनाउँदै खुसी व्यक्त गरेका छन् ।

ओलीले फोनमा भन्छन् – ‘ जय नेपाल ! गन्यापधुराबाट फोन गरेको । डडेल्धुरा बजारभन्दा अलि तलतिर बसेका छौँ । राम्रो छ यतातिर, अनि तपाईको जिल्लातिर आएको बेला यसो सम्झिएको नि ! थ्यांक यु । अनि त्यतातिर सबै राम्रो छ नि ?’

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा बिहीबार बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका थिए ।