११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय सन्दिप कौशललाई शनिबार विहान प्रहरीले पक्राउ गरेको छ । 

तुल्सीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिड्ने प्यासेजमा कार्टुनभित्र १ हजार दरका नोट ३ हजार ९ सय थान र ५ सय दरका नोट ८ सय थान समेत गरी उक्त रुपैयाँ र छड्के तिलहरिको पोते माला ९ थान फेला पारी थप अनुसन्धान गर्ने क्रममा उक्त नगद सन्दिपको भन्ने खुलेको र उक्त रकम दाङबाट भाइले पठाएको हो भन्दै लिन आएको अवस्थामा उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।