• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता



मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने विकास व्यक्त गर्दै उहाँले बुद्धिचाल खेलका बारेमा पाठ्यपुस्तकमा समावेश गर्ने तयारीमा आफूहरू रहेको बताउनुभयो ।

नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धरम लामा, नगर खेलकुद विकाश समिति अध्यक्ष चन्द्र लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी लगायतले प्रतियोगीताको लागि सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।

मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी ८६ जना खेलाडीले सहभागिता रहेको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

स्वीस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेल नवौँ राउन्डसम्म सञ्चालन हुने र जसको बढी अङ्क आउँछ सोहीअनुसार विजयी हुने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको पहिलो दिन आज पहिलो राउण्डमा ८६ जना खेलाडीले प्रतिस्प्रर्धा गर्ने र साँझ दोस्रो चरणको पनि खेल हुने उहाँले बताउनुभयो । प्रतियोगितामा पहिलो हुने विजयी खेलाडीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपियाँ हात पार्नेछन् ।

यस्तै चौथोलाई २५ हजार, पाँचौँलाई २० हजार र छैटौँदेखि १०औँ स्थानमा रहने खेलाडीलाई जनही १५ हजार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ११औँ देखि १५औँ स्थानमा अटाउने खेलाडीलाई पनि जनही रु ११ हजार प्रदान गरिने बताइएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।