• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

भारतले अष्ट्रेलियाविरुद्धको तेस्रो टी–२० सिरिज हार्नुका पाँच कारण



एजेन्सी । गुवाहाटीमा भएको भारतविरुद्धको तेस्रो टी–२० सिरिजमा ग्लेन म्याक्सवेलको शतकको मद्दतले अष्ट्रेलियाले पुनरागमन गरेको छ । अष्ट्रेलियालाई जितका लागि २२३ रनको लक्ष्य थियो तर भारतको जितमा म्याक्सवेल बाधक बने । पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि छ ।

अष्ट्रेलियाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । भारतको ब्याटिङ उत्कृष्ट रह्यो । कप्तान सूर्यकुमारको ३९ रन र ओपनर ऋतुराज गायकवाडको शतकले भारतलाई ठूलो स्कोरमा पुर्यायो ।

सुरुवाती विकेट गुमाए पनि भारतले ठूलो स्कोर बनाउन सफल भयो । यसका बाबजुद भारतले हार बेहोरेको थियो । यसैबीच भारतले खेल हार्नुका पाँच कारबारे यहाँ चर्चा गरौँ ।

१. खराब बलिङ
भारतको बलिङ निकै खराब थियो । भारतका प्रसिद कृष्णा सबैभन्दा महँगा बलर बने । कृष्णाले ४ ओभरमा ६८ रन खर्चिए । उनले टोलीका लागि अन्तिम ओभर पनि बलिङ गरे । जसमा २३ रन दिएका थिए । यसबाहेक अर्शदीपले ४४ रन खर्च गरे । रवि बिश्नोई, आवेश खान र अक्षर पटेलले पनि ३० भन्दा माथि रन दिए ।

२. ईशान किशनको ठूलो गल्ती
भारतीय बलरले अलि कसिलो बलिङ गरेको भए नतिजा अर्कै हुन्थ्यो । इशान किशनका दुई गल्ती भारतलाई महँगो परेको छ । रोमाञ्चक अवस्थामा रहेको खेलको १९औं ओभरमा इशानले एकपटक होइन दुईपटक गल्ती गरे । ओभरको चौथो बलमा इशानले बल संकलन गर्न निकै हतार गरेका थिए जसका कारण एक बल ‘नो बल’ घोषित भयो भने अर्को बलमा वेडले छक्का प्रहार गरे । जहाँ अन्तिम बलमा उनले अक्षर पटेललाई बुझन सकेनन् र अष्ट्रेलियाले चार रन उपहारमा पायो ।

३. सूर्याले क्याच छोड्नु
कप्तान सूर्याकुमार यादवले १८ औं ओभरमा ठूलो गल्ती गरे । प्रसिद्ध कृष्णाको बलमा सूर्याकुमारले कभरमा म्याथ्यु वेडको क्याच छोडेका थिए । त्यतिबेला वेड ६ रनमा ब्याटिङ गरिरहेका थिए । यहाँबाट, वेडले चौका र छक्का प्रहार गर्दै अष्ट्रेलियाको सबै दबाब भारतलाई दिए । सोही क्रममा सूर्याले म्याक्सवेललाई रनआउट गर्ने मौका पनि गुमाएका थिए ।

४. अन्तिम दुई ओभर महँगो भयो
भारतको बलिङ कमजोर रहँदा उसले कमजोर फिल्डिङका कारण पनि हार बेहोरेको थियो । अष्ट्रेलियाका म्याथ्यु वेड र ग्लेन म्याक्सवेलले भारतीय बलरलाई चुटेका थिए । दुवैले अन्तिम दुई ओभरमा ४७ रन बनाएका थिए । यहाँबाट खेल भारतको हातबाट पूरै बाहिर गयो ।

५. अतिरिक्त बलिङको विकल्प नहुनु
भारतले जम्मा ५ बलरलाई मैदानमा उतारेको थियो । यी सबै महँगो साबित भए । अतिरिक्त बलर भएको भए खेलको नतिजा अर्कै हुन्थ्यो । पछिल्ला दुई खेलमा राम्रो बलिङ गरेका मुकेश कुमारको स्थानमा दीपक चाहरलाई टोलीमा समावेश गरिएको थियो तर उनले खेल्ने मौका पाएनन् ।