२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार तेस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एक लाख १९ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार र मंगलबार नयाँ रेकर्ड बनाएको सुनले आज (बुधबार) प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर ऐतिहासिक हालसम्म कै उच्च मूल्य बनाएको हो ।

बुधबार छापावाल सुन प्रतितोलामा एक हजार छ सय रुपैयाँले बढेर एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार नयाँ रेकर्ड बनाउदै एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी तोला २० रुपैँयाले बढेर नयाँ रेकर्ड बनाएको हो । आज चाँदी प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 




भर्खरै