• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगः न्युक्यासलसँग बराबरीमा रोकियो पिएसजी



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ ।

समूह चरण अन्तर्गतको खेलमा फ्रेन्च क्लब पिएसजीले घरेलु मैदानमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको २४ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै पाहुना टोली न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई नकआउट चरणमा प्रवेशका लागि आशा जिवितै राखे ।

समूह एफ मा डर्टमण्ड ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा रहँदा पिएसजी ७ अंकका साथ दोस्रो स्थानमा छ । न्युक्यासल ५ अंकका साथ तेस्रो स्थानमा छ ।