६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग: काठमाडौँ र चितवनको खेल बराबरीमा



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक विजेता काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने चितवनले लियो । चितवनले खेलको ८६ औँ मिनेटमा गोल पहिलो अग्रता लियो । चितवनका लागि नवयुग श्रेष्ठले गोल गरे । तर चितवनको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा काठमाडौँले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । काठमाडौँका जुनियर एकेनगुएले एक गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन् । यससँगै काठमाडौँले प्रतियोगितामा दुई खेलबाट ४ अङ्क जोडेको छ ।

चितवनले भने १ अङ्क जोडेको छ । काठमाडौँले पहिलो खेलमा इलामलाई पराजित गर्दै विजयी भएको थियो । यता चितवन भने पोखरासँग पराजित भएको छ ।