१० श्रावण २०८३, आईतवार
,
Latest
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव,२०८० गर्दै



अ+ अ-

काठमाडौँ । स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव,२०८० आयोजना गर्ने भएको छ ।

कमर्सले कृषि,र्पटन,उद्योग र व्यवसाय विकास हाम्रो शान,दोस्रो स्याङ्जा आधिखोला अभियान भन्ने नारासहित स्याङजाको पुतलीबजार खेल मैदान पौष १९ गतेदेखि माघ २ गतेसम्म मेला आयोजना हुन लागेको हो । कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन तथा सस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र स्याङ्जा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा मेला आयोजना हुन लागेको स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीले बताउनु भयो ।

उहाँले महोत्सवले स्याङ्जाको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले स्याङ्जाको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी,सूचना प्रविधिको प्रदर्शनी,आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन,संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको बताउनु भयो । उहाँले महोत्सवमा २०० स्टलहरु रहने बताउनु भयो । उहाँले महोत्सवमा ३ लखा भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको बताउनु भयो ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामिण प्रविधिको प्रयोग गर्ने,उत्पादित वस्तुको बजार प्रवद्र्धन एकै थलोबाट राउँदै गुणस्तरको पहिचान गराउँदै उपभोक्ता सम्म पु¥याउने रहेको छ । महात्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न आवश्यक ज्ञान,उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाले आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग मिल्नेछ । मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।