१० श्रावण २०८३, आईतवार
,
Latest
भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडियन अपूर्वक्षितिज सिंहलाई १० हजार जरिवाना



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्वक्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो ।

कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्डअप कमेडीको भिडिओ २०७९ भदौ १० गते युट्युबमा हालिएको थियो । ‘नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडियो २४ घन्टा नबित्दै विवादित बनेको थियो ।

काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक ३ गते न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पुर्पक्षको लागि २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर सिंह छुटेका थिए ।




भर्खरै