३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा लुटपाट गर्न गएको चोर सिगार पिएर निदाएपछि…



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । चीनको युनान प्रान्तमा एक चोरले घरधनीलाई जगायो र चोर समातियो । घर भित्र पसेपछि चोर मालिक सुत्न पर्खिरहेको थियो तर उसले सिगार तान्यो र आफैं सुत्न थाल्यो ।

उनलाई घुरेको देखेपछि परिवारले छक्क परे र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगेर चोरलाई पक्राउ गरेको छ । जब चोर चोरी गर्न घर भित्र पस्यो, उसको अल्छी बानीले धोका दियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार यो मामिला दक्षिण पश्चिम चीनको हो ।

समाचार अनुसार चोर चोरी गर्न घर भित्र पसे । तर घरधनीकी श्रीमती ताङ चर्को घुरेको आवाजले ब्युझिइन् । ताङले सुरुमा छिमेकबाट आवाज आएको सोचिन्, तर जब उनी आफ्नो बच्चाको दूधको बोतल धुन आफ्नो कोठाबाट बाहिर निस्किन्, उनले आफ्नै घरको अर्को कोठाबाट आवाज आएको देखिन् ।

ताङले अर्को कोठामा गएर भुइँमा सुतिरहेको एक व्यक्ति भेट्टाइन् । उनले तत्कालै श्रीमानलाई उठाएर प्रहरीलाई बोलाइन् । प्रहरीले घटनास्थल पुगेर चोरलाई पक्राउ गरेको छ । चोरको नाम याङ रहेको बताइएको छ ।