• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

उपमहासचिव ज्ञवाली र उपमन्त्री सुन हाइयानबीच भेटवार्ता



काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच आज बेइजिङमा भेटवार्ता भएको छ ।

भेटमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए ।

एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास उपमन्त्री सुनले व्यक्त गरेकी थिइन् ।

यस्तै, तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले त्यही बेलामा नेपाल(चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोनन्त भएको उल्लेख गर्दै विगतका सबै सहमतिरसम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

भेटमा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालका साथै चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको सहभागिता थियो ।