५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमहासचिव ज्ञवाली र उपमन्त्री सुन हाइयानबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच आज बेइजिङमा भेटवार्ता भएको छ ।

भेटमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए ।

एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास उपमन्त्री सुनले व्यक्त गरेकी थिइन् ।

यस्तै, तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले त्यही बेलामा नेपाल(चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोनन्त भएको उल्लेख गर्दै विगतका सबै सहमतिरसम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

भेटमा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालका साथै चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको सहभागिता थियो ।