८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी गरेको अभियोगमा गुडविल सहकारी संस्थाका अध्यक्ष पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । ठगी गरेको अभियोगमा ललितपुर कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ४१ वर्षीय दिवाकर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

दिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा गरेमा बढी ब्याज दिलाई दिने भनि विश्वासमा पारि संस्थामा रकम जम्मा गर्न लगाई करिब ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको भनी निक्षेपकर्ताहरूले चैत ५ गते महानगरीय प्रहरी परिसर ललितपुरमा दिएको किटानी जाहेरीका आधारमा खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका-१० बाट उनलाई पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।