• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

धर्मेन्द्रले अभिनेत्रीलाई फ्लर्ट गरेपछि अभिनेत्रीले रिसले थप्पड हानेकी थिइन्



एजेन्सी । बलिउड सुपरस्टार धर्मेन्द्रले सानै उमेरमा आफ्नो करियर सुरु गरेका थिए । उनी आफ्नो समयको सबैभन्दा सुन्दर स्टारहरू मध्ये एक मानिन्थे ।

उनको आकर्षण र व्यक्तित्व आज पनि बेजोड छ । उनको प्रोफेसनल लाइफ र फिल्मको धेरै चर्चा भयो तर सबैभन्दा धेरै हेडलाइन्स लिने कुरा उनको पर्सनल लाइफ थियो ।

उनको स्वभाव अलि रोमान्टिक मानिन्थ्यो, यो कुरा उनीसँग काम गर्ने धेरै अभिनेत्रीहरूलाई थाहा थियो । अभिनेत्री तनुजाले पनि धर्मेन्द्रसँग जोडिएको एउटा घटना खुलाएकी थिइन् ।

धर्मेन्द्रले १९ वर्षको उमेरमा प्रकाश कौरसँग विवाह गरेका थिए । जब उनले हेमा मालिनीलाई भेटे, कुरा फरक स्तरमा पुग्यो । पूरै इन्ड्स्ट्रीमा उनीहरुको प्रेमको चर्चा भयो ।

यस्तो अवस्थामा धर्मेन्द्र विवाहित भए पनि हेमा मालिनीले सन् १९८० मा उनीसँग विवाह गरिन् । तर, धर्मेन्द्रले आफ्नी पहिलो श्रीमतीसँग कहिल्यै सम्बन्धविच्छेद गरेनन् । धर्मेन्द्रका प्रकाश कौरबाट ४ सन्तान र हेमा मालिनीबाट २ सन्तान छन् ।

धर्मेन्द्र र तनुजा सँगै रक्सी पिउँथे
अभिनेत्री तनुजाले सन् २०१४ मा फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा धर्मेन्द्रसँग जोडिएको घटना सेयर गरेकी थिइन् । धर्मेन्द्रको रोमान्टिक स्वभावको कथा सम्झँदै उनले भनिन् ‘हामी दुलाल गुहाको फिल्म ‘चाँद और सुरज’को सुटिङमा थियौँ । धरम, म र साथीहरु पिउँदै थियौं र खुब रमाइलो गरिरहेका थियौं । उनले आफ्नी श्रीमती प्रकाशसँग पनि मेरो परिचय गराए । सन्नी (देओल) त्यतिबेला जम्मा पाँच वर्षका थिए भने छोरी लाली करिब छ महिनाकी थिइन् ।

तनुजाले थप भनिन्, ‘एक दिन उनले मसँग फ्लर्ट गर्ने प्रयास गरे । म चकित भएको थिएँ । मैले उनलाई थप्पड हानेँ र भनेँ– बेशर्म १ म तिम्री श्रीमतीलाई चिन्छु र तिमीले मसँग इश्कबाजी गर्ने हिम्मत कसरी गर्यौ ।’

यसपछि धर्मेन्द्र निकै लज्जित भए । उनले तनुजालाई राखीभाइ बनाउन आग्रह गरे । तनुजाले भनिन्, ‘उनी लज्जित भए । उनले मेरो अगाडि बिन्ती गरे, तनु, मेरी आमा, मलाई माफ गर, कृपया मलाई आफ्नो भाइ बनाउ ।’