२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मेन्द्रले अभिनेत्रीलाई फ्लर्ट गरेपछि अभिनेत्रीले रिसले थप्पड हानेकी थिइन्



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार धर्मेन्द्रले सानै उमेरमा आफ्नो करियर सुरु गरेका थिए । उनी आफ्नो समयको सबैभन्दा सुन्दर स्टारहरू मध्ये एक मानिन्थे ।

उनको आकर्षण र व्यक्तित्व आज पनि बेजोड छ । उनको प्रोफेसनल लाइफ र फिल्मको धेरै चर्चा भयो तर सबैभन्दा धेरै हेडलाइन्स लिने कुरा उनको पर्सनल लाइफ थियो ।

उनको स्वभाव अलि रोमान्टिक मानिन्थ्यो, यो कुरा उनीसँग काम गर्ने धेरै अभिनेत्रीहरूलाई थाहा थियो । अभिनेत्री तनुजाले पनि धर्मेन्द्रसँग जोडिएको एउटा घटना खुलाएकी थिइन् ।

धर्मेन्द्रले १९ वर्षको उमेरमा प्रकाश कौरसँग विवाह गरेका थिए । जब उनले हेमा मालिनीलाई भेटे, कुरा फरक स्तरमा पुग्यो । पूरै इन्ड्स्ट्रीमा उनीहरुको प्रेमको चर्चा भयो ।

यस्तो अवस्थामा धर्मेन्द्र विवाहित भए पनि हेमा मालिनीले सन् १९८० मा उनीसँग विवाह गरिन् । तर, धर्मेन्द्रले आफ्नी पहिलो श्रीमतीसँग कहिल्यै सम्बन्धविच्छेद गरेनन् । धर्मेन्द्रका प्रकाश कौरबाट ४ सन्तान र हेमा मालिनीबाट २ सन्तान छन् ।

धर्मेन्द्र र तनुजा सँगै रक्सी पिउँथे
अभिनेत्री तनुजाले सन् २०१४ मा फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा धर्मेन्द्रसँग जोडिएको घटना सेयर गरेकी थिइन् । धर्मेन्द्रको रोमान्टिक स्वभावको कथा सम्झँदै उनले भनिन् ‘हामी दुलाल गुहाको फिल्म ‘चाँद और सुरज’को सुटिङमा थियौँ । धरम, म र साथीहरु पिउँदै थियौं र खुब रमाइलो गरिरहेका थियौं । उनले आफ्नी श्रीमती प्रकाशसँग पनि मेरो परिचय गराए । सन्नी (देओल) त्यतिबेला जम्मा पाँच वर्षका थिए भने छोरी लाली करिब छ महिनाकी थिइन् ।

तनुजाले थप भनिन्, ‘एक दिन उनले मसँग फ्लर्ट गर्ने प्रयास गरे । म चकित भएको थिएँ । मैले उनलाई थप्पड हानेँ र भनेँ– बेशर्म १ म तिम्री श्रीमतीलाई चिन्छु र तिमीले मसँग इश्कबाजी गर्ने हिम्मत कसरी गर्यौ ।’

यसपछि धर्मेन्द्र निकै लज्जित भए । उनले तनुजालाई राखीभाइ बनाउन आग्रह गरे । तनुजाले भनिन्, ‘उनी लज्जित भए । उनले मेरो अगाडि बिन्ती गरे, तनु, मेरी आमा, मलाई माफ गर, कृपया मलाई आफ्नो भाइ बनाउ ।’