• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गरियोस् — योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गराउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले भन्नुभयो, "ताप्लेजुङ जिल्लाको दोभान बजारमा फागुन १८ गते भएको आगालगीबाट ५२ घर पूर्ण रुपमा क्षति भएका छन् । करिब ८ करोड भन्दा बढीको भौतिक क्षति भएको छ । त्यसको केही दिन अगाडी मात्रै ताप्लेजुङ कै सिनाम वनमा पनि ५ घर नष्ट भएका छन् । ताप्लेजुङ जिल्लामा यसरी पटक-पटक आगलागीबाट पिडा महसुस भईरहेको छ ।"

यस्तै सांसद भट्टराईले सदरमुकाममा मात्रै ५ पटकभन्दा बढी आगलागी भएको र आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गर्दै दिर्घकालीन पुनस्थापनाको लागि भूकम्प पीडित सरहको सुविधा उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो । यस्तै उहाँले दमकल लगायतका अन्य पूर्वाधारहरुको व्यवस्था गर्न पनि सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।