१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गरियोस् — योगेश भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गराउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले भन्नुभयो, "ताप्लेजुङ जिल्लाको दोभान बजारमा फागुन १८ गते भएको आगालगीबाट ५२ घर पूर्ण रुपमा क्षति भएका छन् । करिब ८ करोड भन्दा बढीको भौतिक क्षति भएको छ । त्यसको केही दिन अगाडी मात्रै ताप्लेजुङ कै सिनाम वनमा पनि ५ घर नष्ट भएका छन् । ताप्लेजुङ जिल्लामा यसरी पटक-पटक आगलागीबाट पिडा महसुस भईरहेको छ ।"

यस्तै सांसद भट्टराईले सदरमुकाममा मात्रै ५ पटकभन्दा बढी आगलागी भएको र आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गर्दै दिर्घकालीन पुनस्थापनाको लागि भूकम्प पीडित सरहको सुविधा उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो । यस्तै उहाँले दमकल लगायतका अन्य पूर्वाधारहरुको व्यवस्था गर्न पनि सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।