• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

अविनाश बोहराले गरे इन्गेजमेन्ट



काठमाडौँ । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । उनले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका हुन् ।

एसियाली खेलकुदअन्तर्गत माल्दिभ्सविरुद्ध अविनाश एक्लैले ६ विकेट लिएका थिए । फेब्रअरी ५, सन् २०२० मा किर्तिपुर क्रिकेट मैदानमा भएको नेपाल र ओमानबीचको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

उनी टी–२० को आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका थिए ।