२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरालो मन्त्री बनेपछि…



अ+ अ-

एजेन्सी । रसियाको एउटा फोहर सामान प्रशोधन र व्यवस्थापन गर्ने एउटा काराखानामा काम गर्ने एकजना कर्मचारीले आफुले मर्नबाट जोगाएका एउटा बिरालो सम्मानित सरकारी उपाधि पाउने र एउटा सरकारी कार्यालयको मेचमा मज्जाले निदाउँदै आराम गर्नेबारे कल्पना सम्म पनि गरेको थिएन ।

राजधानी मस्कोदेखि करिव ७ सय किलोमिटर दक्षिण पुर्वमा रहेको उल्यानोभ्सक शहर स्थित उक्त काराखनाको सर्भेलियन्स क्यामेराले खिचेको भिडियो फुटेजमा मिखाइल तुकास नामक कामदारले झुकेर कन्भेयर वेल्टबाट एउटा सेतो प्लास्टिकको झोला उठाएको र त्यसबाट एउटा कालो र सेतो रंगको भाले बिरालो निकालेको देखिन्छ ।

झण्डै मारिन लागेका बिरालोको ज्यान बचाएको कारण सरकारको तर्फबबाट पुरस्कृत समेत भएका मिखाइलले मोस्कोभ्सकी कोमसोमोलेत्स अखवारलाई बताएका छन् , ‘ मलाई कसो कसो झोला भित्र केहि छ जस्तो लाग्यो । त्यसैले मैले झोला काटेर खोलें । मैले त्यहाँ भत्रि राखिएको त्यो बिरालोले आँखा जुधाएर हे¥यो । धन्न त्यो झोला वेल्टमा पेलिनबाट जोगियो । ’

सरकारी टेलिभिजनले बिरालोको उद्धार भएको रोचक खवर प्रशारित गर्‍यो । सामाजिक संजालमा पनि यो खवर भाइरल भयो । हेर्दाहेर्दै बिरालो सेलेव्रिटी बन्यो । त्यसलाई उल्यानोभ्स्क वातावरण मन्त्रालयले आफ्नो जिम्मामा लिँदै त्यसलाई अनौपचारिक रुपमा उप वातावरण मन्त्रीको ओहदा दियो ।

यो बिरालो वातावरण मन्त्री गुल्नरा राखमातुलिनाको कार्यालयको आरामदायी कुर्सीमा बसिरहेको तस्वीर मन्त्रालयले सार्वजनिक गरेको छ । पशु चिकित्सकको रेखदेखमा स्वास्थ लाभ गरिरहेका बिरालोको लागि उपयुक्त नाम पठाउनेलाई मन्त्रालयले पुरस्कारको व्यवस्था गरेको छ ।

मन्त्री राखमातुलिनाले यसरी सार्वजनिक अनुरोध गरेका छन् , ‘यदि तपाईंहरुले आफ्ना पाल्तु जनावर पाल्न सक्नु हुन्न भने यसरी कुनै झोलामा पोका पारेर मर्नका लागि नछोड्नुहोस् । बरु कुनै दयालु व्यक्ति वा जनावर उद्धार आश्रमको जिम्मा लगाउनुहोस् ।’