३ पुष २०८२, बिहीबार
,
Latest
व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जो रुटले पनि आईपीएल नखेल्ने, फिर्ता लिए आफ्नो नाम



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका ब्याट्सम्यान जो रुटले आईपीएल २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । रुटले सन् २०२३ मा राजस्थान रोयल्सबाट आईपीएलमा डेब्यु गरेका थिए ।

राजस्थान रोयल्सले शनिबार नोभेम्बर २५ मा एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । रुट आईपीएलबाट बाहिरिने दोस्रो इंग्ल्याण्ड क्रिकेटर हुन् । उनीअघि अलराउन्डर बेन स्टोक्सले पनि आईपीएल नखेल्ने निर्णय गरेका थिए ।

राजस्थानका क्रिकेट निर्देशक कुमार सांगकाराले भने, ‘वार्तालापको क्रममा रुटले आइपिएल २०२४ मा सहभागी नहुनेबारे जानकारी गराए । हामी उनको निर्णयको सम्मान गर्दछौं र उनको हरेक काममा सफलताको कामना गर्दछौं ।’

आईपीएल २०२४ को लागि डिसेम्बर १९ मा लिलामी हुनेछ । सबै टोलीले नोभेम्बर २६ मा रिटेन र रिलिज भएका खेलाडीको सूची आईपीएल प्रशासनलाई बुझाउनुपर्नेछ ।

भारतमा भएको एकदिवसीय विश्वकपमा सहभागी रहेका जो रुटलाई वेस्ट इन्डिज भ्रमणबाट पनि विश्राम दिइएको छ । ३ डिसेम्बरदेखि वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र ५ टी–२० खेलको सिरिजका लागि इंग्ल्याण्डको घोषणा गरिएको टोलीमा रुट समावेश छैनन् ।

इंग्ल्याण्डको पुरुष टोलीका प्रबन्ध निर्देशक रोब कीले वेस्ट इन्डिज भ्रमणका लागि इङ्ल्यान्ड टोलीको घोषणापछि रुटलाई विश्वकपपछि विश्राम आवश्यक रहेको बताएका थिए । रुटले एकदिवसीय विश्वकपका ९ खेलमा ३०.६६ को औसतमा २७६ रन बनाएका थिए । यस अवधिमा उनले ३ अर्धशतक पनि बनाए ।