२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जो रुटले पनि आईपीएल नखेल्ने, फिर्ता लिए आफ्नो नाम



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका ब्याट्सम्यान जो रुटले आईपीएल २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । रुटले सन् २०२३ मा राजस्थान रोयल्सबाट आईपीएलमा डेब्यु गरेका थिए ।

राजस्थान रोयल्सले शनिबार नोभेम्बर २५ मा एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । रुट आईपीएलबाट बाहिरिने दोस्रो इंग्ल्याण्ड क्रिकेटर हुन् । उनीअघि अलराउन्डर बेन स्टोक्सले पनि आईपीएल नखेल्ने निर्णय गरेका थिए ।

राजस्थानका क्रिकेट निर्देशक कुमार सांगकाराले भने, ‘वार्तालापको क्रममा रुटले आइपिएल २०२४ मा सहभागी नहुनेबारे जानकारी गराए । हामी उनको निर्णयको सम्मान गर्दछौं र उनको हरेक काममा सफलताको कामना गर्दछौं ।’

आईपीएल २०२४ को लागि डिसेम्बर १९ मा लिलामी हुनेछ । सबै टोलीले नोभेम्बर २६ मा रिटेन र रिलिज भएका खेलाडीको सूची आईपीएल प्रशासनलाई बुझाउनुपर्नेछ ।

भारतमा भएको एकदिवसीय विश्वकपमा सहभागी रहेका जो रुटलाई वेस्ट इन्डिज भ्रमणबाट पनि विश्राम दिइएको छ । ३ डिसेम्बरदेखि वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र ५ टी–२० खेलको सिरिजका लागि इंग्ल्याण्डको घोषणा गरिएको टोलीमा रुट समावेश छैनन् ।

इंग्ल्याण्डको पुरुष टोलीका प्रबन्ध निर्देशक रोब कीले वेस्ट इन्डिज भ्रमणका लागि इङ्ल्यान्ड टोलीको घोषणापछि रुटलाई विश्वकपपछि विश्राम आवश्यक रहेको बताएका थिए । रुटले एकदिवसीय विश्वकपका ९ खेलमा ३०.६६ को औसतमा २७६ रन बनाएका थिए । यस अवधिमा उनले ३ अर्धशतक पनि बनाए ।