• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि

अमेरिकी राजदूत थम्पसनबाट मुस्ताङ क्षेत्रमा पदयात्रा- फोटो फिचर



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ क्षेत्रमा पदयात्रा गर्नुभएको छ ।

राजदूत थम्पसन र अमेरिकी दूतावासका सहकर्मीरूले मुस्ताङको अद्भुत मार्गहरूबाट पैदल यात्रा गर्दै अद्वितीय सांस्कृतिक स्थलहरू नियाल्ने र आदिवासी समुदायहरूसँग भेट गर्ने मौका प्राप्त गर्नुभएको दूतावासले जनाएको छ ।

राजदूत थम्पसनको मुस्ताङको पहिलो यात्रा विभिन्न धार्मिक पृष्ठभूमिका स्थानीय समुदायका सदस्यहरूसँग भेटघाट, अमेरिकी राजदुत सांस्कृतिक संरक्षण कोषको परियोजना क्षेत्रहरूको भ्रमण गर्नुका साथै स्वादिष्ट स्थानीय खानाको आनन्द लिनमा केन्द्रित रहेको पनि दूतावासले जनाएको छ ।