२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक र ऐश्वर्याको बिहे भएको घर अमिताभले दिए छोरीलाई उपहार, मूल्य ८० करोड



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र उनी श्रीमती जया बच्चनले जुहुको बंगला ‘प्रतिक्षा’ आफ्नी छोरी श्वेता नन्दालाई हस्तान्तरण गरेका छन् ।

जानकारीका अनुसार १६ हजार ८४० स्क्वायर फिटमा बनेको बंगला श्वेताको नाममा हस्तान्तरण गर्दा यसको मूल्य ५० करोड ६३ लाख (८० करोड बढी नेरु) देखाइएको छ । यसका लागि नोभेम्बर ९ मा रु ५०.६५ शुल्कको स्ट्याम्प लगाइएको थियो ।

यो बंगला दुई प्लटमा बनेको छ । ९ हजार ५ सय ८५ स्क्वायर फिट अमिताभको नाममा र ७ हजार २५० स्क्वायर फिट श्रीमती जयाको नाममा थियो ।

अभिषेक बच्चन र ऐश्वर्या रायको विवाह सन् २००७ मा यसै प्रतीक्षा बंगलामा भएको थियो । यस बंगलाको बारेमा अमिताभले एक पटक भनेका थिए कि यो घर उनको मुटुको धेरै नजिक छ । बुबा हरिवंश रायले आफ्नो कविताबाट प्रेरित भएर यसको नाम प्रतिक्षा राखेका हुन् ।

अमिताभ बच्चनको मुम्बईमा पाँचवटा बंगला छन् । उनका ४ वटा बंगलाको नाम जलसा, जनक, प्रतिक्षा र वत्स हो । अमिताभ आफ्नो परिवारसँग मुम्बईको जुहू क्षेत्रमा रहेको जलसा बंगलामा बस्छन् । यस बंगलाको मूल्य करिब ५०.६३ करोड भारु रहेको बताइएको छ ।

यो बंगला फिल्म ‘सत्ते पे सत्ता’ को सफलतापछि निर्देशक रमेश सिप्पीले बिग बीलाई भुक्तानस्वरूप दिएका थिए । उनको दोस्रो बंगला ‘प्रतीक्षा’ को मूल्य ५० करोड रुपैयाँ रहेको बताइएको छ, जहाँ उनी बुबासँग बस्थे । बिग बीको ‘जनक’ बंगलामा अफिस छ ।

यसबाहेक उनको पुर्खाको घर उत्तर प्रदेशको इलाहाबादमा पनि छ । अमिताभले यस ठाउँलाई शैक्षिक ट्रस्टमा परिणत गरेका छन् । उनको देशमा अन्य धेरै सम्पत्तिहरू छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनको फ्रान्समा समेत सम्पत्ति छ । रिपोर्टहरू विश्वास गर्ने हो भने, अमिताभ बच्चनले ३३९० करोडको नेटवर्थका साथ वार्षिक ६० करोड रुपैयाँ कमाउँछन् ।