२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएल फुटबलमा आज दुई खेल



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो एवं एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)आज शनिबार दुई खेल हुँदैछ । आज पोखरा थण्डर्स र एफसी चितवन तथा ललितपुर सिटी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा र एफसी चितवनको खेल दिउँसो १ बजे तथा ललितपुर र बुटवल लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । हिजोबाट सुरु भएको ९ टोली सहभागी एनएसएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामलाई १–० गोलले हराउँदै विजयी सुरुवात गरेको थियो ।