२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ हजार ४२ वर्ष पुगेर गिनिज वल्र्ड रेकर्ड



अ+ अ-

ओन्टारियो । बाह्र जना दिदीबहिनी र दाजुभाईको कूल उमेर १ हजार ४२ वर्ष पुगेको एक परिवारले गिनिज वल्र्ड रेकर्ड राख्न सफल भएको छ । गिनिजका अनुसार डि क्रुज परिवारका तिनीहरुको उमेर ७५ देखि ९७ सम्म रहेका छन् । १५ डिसेम्वरका दिन जिवित १२ जना भाई बहिनीको सम्पूर्ण उमेर जोड्दा विश्व किर्तिमान नै राखेको कारण गिनिजले प्रमाण पत्र प्रदान गरेको छ ।

त्यतिवेला सम्म तिनीहरुको कूल उमेर १ हजार ४२ वर्ष र ३ सय १५ दिन पुगेको थियो । ओन्टारियोको लन्डन निवासी ७५ वर्षिया जेनिया कार्टर सबैभन्दा कम उमेरकी हुन् उनले आफुभन्दा जेठा सबैका स्वास्थ स्थिती ठीकठाक रहेको बताएकी छन् । कार्टरले दि लन्डन फ्रि प्रेसलाई बताएकी छन् , ‘ यो किर्तिमान वास्तविक जस्तो देखिँदैन ।

किनभने म सँधैं सबैभन्दा होचो वा सबैभन्दा अग्लो जस्त कुराको मात्र गिनिज रेकर्ड हुन्छ होला भन्ने सोच्ने गर्दथें । त रयस्तो पनि हुने रहेछ । भगवानको कृपाले मेरो सबै भाइबहिनी जिवित छन् । ’

कार्टर लगायत सबैको जन्म पाकिस्तानमा भएको थियो । क्यानाडामा जाने पहिलो तिनीहरुका सबैभन जेठा दाई थिए । उनले त्यहाँ राम्रो कमाइ गर्न थालेपछि परिवारका बाँकी सबै सदस्यलाई त्यहाँ बोलाएका थिए । तर ति मध्ये एक जना क्यालिफोर्निया र अर्को स्विजरल्यान्डमा बस्ने गरेका छन् ।

कार्टर बताउँछिन् , ‘ हामी बिच आजसम्म कहिल्यै मनमुटाव र झैझगडा भएको छैन । हरेक दिन बिहान एघार बजे हामीहरु सबै भिडियो कन्फ्रेन्समा भेट्ने गरोका छौं ।’ (एजेन्सी)