१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च मा बन्दी प्रत्यक्षीकरण निवेदन पेश



अ+ अ-

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पेश भएको छ ।

प्रसाईँको तर्फबाट बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रिट दायर गर्नुभएको छ ।

रिट निवेदनमा महाअभियानमा सहभागीहरुलाई धरपकड, भेटघाटमा आएकाहरुलाई केरकार गरेर राज्य आतंक सिर्जना गरेको दाबी गरिएको छ । अभियानले बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेको थियो ।