३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यो हो संसारको सबैभन्दा पातलो होटल, के–के छन् सुविधा ?

यो हो संसारको सबैभन्दा पातलो होटल, के–के छन् सुविधा ?
अ+ अ-

एजेन्सी । अनौठो भवनको भिडियो र तस्बिरहरू प्रायः सोशल मिडियामा हेडलाइन बनाउँछन् । हालै इन्डोनेसियाको एउटा होटल चर्चामा छ । वास्तवमा सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल मानिन्छ ।

९ फिट चौडाइमा बनेको यो होटल विलासी सुविधाले सुसज्जित छ । यो पाँच तले होटलको डिजाइन र प्रत्येक कोठाको भित्री भागको मानिसले प्रशंसा गरेका छन् ।

यस होटलले यहाँ बस्ने पाहुनाहरूलाई फरक अनुभव दिन्छ । द सनको रिपोर्टका अनुसार यो अचम्मको होटल प्रयोग नगरिएको जमिनको टुक्रामा निर्माण गरिएको हो । यो जग्गा सडक र घरको बीचमा रहेको देख्न सकिन्छ, जसलाई स्थानीयले डम्पिङ ग्राउन्डका रूपमा प्रयोग गर्दै आएका छन् ।

यो भवन सिंगापुर र जकार्तामा वास्तुकारको रूपमा तालिम लिएका आर्किटेक्ट एरी इन्द्रले पिटरुम्स प्रोजेक्टको एक हिस्साको रूपमा डिजाइन गरेको बताइएको छ ।

एरि इन्द्रले डिसेम्बर २०२२ मा यो होटल खोलेको बताइएको छ । यसको उद्घाटनदेखि नै यहाँ ९५ प्रतिशत पाहुना इन्डोनेसियाली रहेको बताइएको छ । सात कोठा भएको यस होटलको नाम पिटूरुम्स राखिएको छ किनभने जाभानीज भाषामा पिटू भनेको सात हो । विशेष कुरा यस होटलको माथिल्लो तल्लामा एक बार र रेष्टुरेन्ट छ, जसले यहाँ आउने पाहुनाहरूलाई धेरै विशेष र फरक अनुभव दिन्छ ।