• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

१४ हजारको मृत्युपछि गाजामा इजरायली आक्रमण रोकियो



Photo: Mohamad Torokman/Reuters

एजेन्सी । इजरायल र हमासबीच ४९ दिनको युद्धपछि आजबाट ४ दिनका लागि युद्धविराम सुरु भएको छ । गाजामा १४ हजारभन्दा बढी मानिसको मृत्यु भएपछि इजरायलले आक्रमण बन्द गरेको छ ।

युद्धविराम बिहान ७ बजे (नेपाली समय अनुसार १०ः४५ बजे) सुरु भएको थियो । टाइम्स अफ इजरायलका अनुसार इजरायलले गाजामा ७ बजेको समयमा आक्रमण रोकेको छ ।

कतार र इजिप्टको मध्यस्थतापछि इजरायल र हमास युद्धविराममा सहमत भएका थिए । सम्झौता अनुसार आज बेलुका ४ बजे (नेपाली समय अनुसार पौने ८बजे) हमासले ३९ प्यालेस्टाइनीको बदलामा बन्धक बनाएका १३ जनालाई रिहा गर्नेछ । हमासले रिहा गर्नेमा अधिकांश महिला र बालबालिका रहेका छन् । अक्टोबर ७ मा हमास लडाकुहरूले गाजामा २४० जनालाई बन्धक बनाएका थिए ।

न्युयोर्क टाइम्सका अनुसार ४ दिने युद्धविरामको अवधिमा १५० प्यालेस्टाइनी बन्दीहरूको सट्टामा कुल ५० जना बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ । हमासले अल–सिफा अस्पताल खाली गर्ने सम्झौतामा शर्त पनि राखेको थियो, जसलाई इजरायलले मानेन । टाइम्स अफ इजरायलका अनुसार हमासले प्रत्येक ३ प्यालेस्टिनी बन्दीमा १ जना बन्धकलाई रिहा गर्नेछ ।

यसैबीच, बिहीबार इजरायली सेनाले हमास नौसेना कमाण्डर अमर अबू जलाला लगायत धेरै लडाकुहरूलाई मारेको छ । युद्धविराम अघि रक्षामन्त्री योभ गालान्टले सेनासँग भेट गरे । उनले भने, ‘जब फेरि युद्ध सुरु हुन्छ, हामी पूर्ण शक्तिका साथ लड्छौँ । यो युद्ध अझै २ महिना जारी रहनेछ । हाम्रो लक्ष्य हमासलाई पूर्ण रूपमा नष्ट गर्नु हो । युद्धविरामको अवधिमा हमासका लुकेका ठाउँहरू पत्ता लगाएर हामी थप तयारी गर्नेछौं ।’

यसै क्रममा बिहीबार इजरायली सेनाले लेबनानी आतंकवादी संगठन हिजबुल्लाहले इजरायलतर्फ ५० रकेट प्रहार गरेको बताएको छ । तीमध्ये २० लेबनानमा नै खसे । जवाफी कारबाहीमा, सैनिकहरूले धेरै हिजबुल्ला स्थानहरू ध्वस्त पारे । हमासको आक्रमणको एक दिनपछि हिजबुल्लाहले अक्टोबर ८ देखि इजरायलमा आक्रमण गरिरहेको छ ।

बीबीसी रिपोर्टका अनुसार हमासले ४ दिने युद्धविरामका क्रममा गाजामा धेरै सहयोग पुग्ने बताएको छ । चार दिनमा इजरायली सेना र हमासले कुनै आक्रमण गर्ने छैनन् । हरेक दिन इन्धनले भरिएका ४ ट्रक र अत्यावश्यक सामान बोकेका २ सय ट्रक गाजा प्रवेश गर्नेछन् ।

गाजा सरकारका एक अधिकारीले इजरायली सेनाले विद्यालय र मस्जिदमा आक्रमण गरिरहेको बताएका छन् । ‘यहाँ कुनै पनि सुरक्षित ठाउँ बाँकी छैन । यहाँ राशन र अत्यावश्यक सामान पुग्न सकेको छैन । बिजुली नहुँदा इन्धनको अभावले इनारबाट पानी निस्किरहेको छैन । गाजा भोकमरीको कगारमा छ ।’ उनले भने ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खुफिया एजेन्सी मोसादलाई विश्वभर हमासका आतंककारीहरूको खोजी गर्न निर्देशन दिएका छन् । गाजामा जारी अपरेशनलाई बढाउँदै उनले यस्तो आदेश दिएका हुन् । उनले भने, ‘हमासका आतंककारी जहाँ भएपनि उनीहरुलाई समात्नु पर्छ । अधिकांश नेता कतार र बेरुतमा बस्छन् ।’