५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा ज्ञानेन्द्र शाह झापा जादैं



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जादै हुनुहुन्छ । तीन बजे बुद्ध एयरको उडानबाट उहाँ झापा जान लाग्नु भएको छ ।

बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजा झापा जानलाग्नु भएको हो । उहाँको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहनु भएको छ ।

अध्यक्ष लिङदेन पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । सनिबार आयोजना हुने कार्यक्रमका लागि आज झापा पुग्नु हुने पूर्व राजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ।

प्रवक्ता श्रेष्ठका अनुसरा भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उहाँको स्वागत र्‍याली सुरु हुनेछ। पूर्वराजा र्‍याली सहभागी हुने र करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍या्उने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।