२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमार अभिनित सूर्यवंशीको रिलिज ‘पोस्टपोन्ड’



अ+ अ-

एजेन्सी । बलिउड स्टार अक्षय कुमार अभिनित प्रतिक्षीत फिल्म ‘सूर्यवंशी’ को रिलिज फेरि पोस्टपोन्ड भएको छ । भारतमा दैनिक उच्च संख्यामा संक्रमित थपिन थालेपछि यसले असर पुग्ने भन्दै निर्माण टिमले फिल्मको रिलिज अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको हो । 

रोहित शेट्टीको लगानी तथा निर्देशनमा बनेको यो फिल्म ३० अप्रिल अर्थात बैशाख १७ मा रिलिज हुने तयारीमा थियो । यसअघि पनि कोरोनाकै कारण फिल्मको रिलिज रोकिएको थियो ।

यस्तै प्रदर्शनको तयारीमा रहेका प्रायः फिल्मको रिलिज स्थगन भएका छन् । यसअघि कोरोनाका कारण ‘चेहरे’ र ‘बन्टी और बब्ली २’ ले रिलिज पोस्टपोन्ड गरेका थिए । अब सलमान खानको ‘राधे’ र कंगना रनावतको ‘थलाइवी’ को रिलिज पनि पोस्टपोन्ड हुने सम्भावना बढेको छ ।

‘सूर्यवंशी’मा अक्षयलाई कटरीना कैफले साथ दिएकी छन् भने फिल्ममा अजय देवगन र रणवीर सिंहलाई पनि गेस्ट रोलमा देख्न पाइनेछ ।