८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता
अ अ+ अ-

सुनसरी।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज गृहमन्त्री सुधन गुरुङसँगै प्रतिष्ठानको निरीक्षण गर्दै उहाँले नवनिर्मित मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र (एमसिएच) भवनलाई आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा व्यवस्थापनसहित यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले एमसिएच भवन सञ्चालनमा आएपछि पूर्वी नेपालका सेवाग्राहीले गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री मेहताले प्रतिष्ठानमा एमआरआई सेवा पनि यथाशीघ्र सञ्चालनमा ल्याइने बताउँदै अत्याधुनिक उपकरणको व्यवस्था गरी विशेषज्ञसहितको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने मार्गमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानको हाताभित्र निर्माण सम्पन्न भएको एमसिएच भवन सञ्चालनसँगै आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन, आधुनिक उपकरण जडान तथा सेवा सञ्चालनलाई प्रभावकारी बनाउनु सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।

पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोग तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न मन्त्रालयले विशेष योजना बनाउने उल्लेख गर्दै मन्त्री मेहताले यस प्रतिष्ठान पूर्वी नेपालको मात्र नभई राष्ट्रिय महत्वको स्वास्थ्य प्रतिष्ठान भएकाले यसको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अध्ययन अध्यापन स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउन प्रतिष्ठानलाई योजनाबद्ध रूपमा अघि बढ्न निर्देशन दिनुभयो । रासस