२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीट्जरल्याण्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान रकम स्वीकृत



अ+ अ-

काठमाडौँ । सरकारले स्वीट्जरल्याण्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान रकम स्वीकृत गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा प्राविधिकसहितका ४ जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिनुभएको राजीनामालाई कार्तिक २४ गतेबाट लागू हुनेगरी स्वीकृत गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विद्युतिय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ । त्यसैगरी प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड अनुदान स्वीकृत गर्ने पनि निर्णय भएको छ । सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन भएको थियो । जाँचबुझ आयोगको माग बमोजिम ४ जना प्राविधिक सहितका जनशक्ति थप गर्ने भन्ने निर्णय पनि भएको छ ।’

‘नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिनुभएको राजीनामालाई २०८०/०७/२४ बाट लागु हुनेगरी स्वीकृत गर्ने निर्णय भएको छ । त्यसैगरी, ऊर्जा सचिव दिनेश कुमार घिमिरेले उहाँको पदावधि सिद्धिनुभन्दा एक महिना अगाडी राजीनामा दिनुभएको छ । उहाँले पनि व्यक्तिगत कारण देखाउनु भएको छ । उहाँको पनि राजीनामा स्वीकृत गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।’

त्यसैगरी मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ ।